रमीते मात्र रहेछौ हामी

वर्तमान परिस्थितीको

किनकी आखा कै सामुन्ने

घट्छन् घटीरहन्छन्

सोच्दै नसोचेका/देख्दै नदेखेका

घट्नाहरु

श्रृड.खलावद्घ/चरणवद्घ

कोही लुटिन्छन्/कोही भुटिन्छन्

कोही चुडिन्छन् /कोही किचिन्छन्

आङै सिरीड. हुने

एउटा कृतिम चलचित्रको

हरर दृश्यहरु जस्तै

गाउ/शहरले

चुपचाप भोग्ने वलत्कृत क्षणहरुले

जिउदै लाश वनेकाछन् यसरी सपनाहरु

र थिचिएकाछन् सन्त्रासले

कैयौ रहरहरु

आदीम मनस्थिती

स्वबिवेकको घृणास्पद प्रयोग

अनवरत युद्घको मैदान जस्तो

कोही लडिरहेछन्/कोही हासी रहेछन्

कोही शोक सन्तप्त/कोही सिदुर पुछि रहेछन्

कोही हुस्कि/कोही व्रान्डीमा रमाई रहेछन्

कोही विजयघोष/कोही मृत्युगीत गाईरहेछन्

यो मनोमानीको कुम्भमेलामा

हिंस्रक पाइलाहरुको घुइचो मात्र छ

हारगुहार छैन कसैले कसै माथी

तर पनि सम्वेदना गुमाएका मान्छेहरु

भन्ने गर्छन्

थोपा थोपा मीले नदी बन्छ

नदी नदी मीले सागर बन्छ

तर किन सुकिरहेछ थोपाहरुमा नदी ?

तर किन विलाइरहेछ नदिहरुमा सागर ?

यहा यस्तै विडम्वना छाउछ सदैव

दुख्नु अव दुख्दैन

पाशविक नरसंहारहरुले

किनभने ढुङ्गा वनेका छन् दुख्नुहरु

त्यसैले ब्यर्थ छ

हाम्रो उपस्थिती यो माटोमा

किनकी स्वतन्त्र आवाज उमार्ने

मुखभरी बाध्यताको पट्टी वाधेर

निःशब्द हुनुले

तर्सथ

रमीते मात्र रहेछौ हामी वर्तमान परिस्थितीको

किनकी आखा कै सामुन्ने

घट्छन् घटीरहन्छन्

सोच्दै नसोचेका/देख्दै नदेखेका

घट्नाहरु

एउटा कृतिम चलचित्रको

हरर दृश्यहरु जस्तै

श्रृड.खलावद्घ/चरणवद्घ

कोही लुटिन्छन्/कोही भुटिन्छन्

कोही चुडिन्छन् /कोही किचिन्छन्

Advertisement