वेनाप समयको क्यान्भास
जसको वक्षस्थलमा
किरीङमिरीङ
धर्सैधर्सा र थोप्लाहरु
लाग्छ अमूर्त कलकारले जीवन रित्याएर
वैश उभ्याए जस्तो
समग्रमा
अमूर्त आकृतिहरुको कोलाहल
जस्ले वातावरण नै अमूर्त वनेको छ
त्यहा धकेलेर आफैलाई फ्याक्छु दृष्टि
र छाम्छु
कोण प्रतिकोणवाट
अवस्थित
विम्व र प्रतीकहरु
रङ्गले फैलाएका तरङ्गहरु
जसले जसरी पोते पनि
आफ्नै शैलीमा वाच्ने
यी रेखाचित्रहरु
जीएकाछन् अनेकार्थले
म रङ्गमा हराउने कुचिकार होइन
तर पनि रङ्गाउनुको वाध्यताले
घोल्दैछु वेअन्दाज मस्तिष्कमा रङ्गहरु
सोचिरहेछु चित्रकारले झै
कुन रङ्गमा के सामेल गरौ
र चाहेको आकार दिउ किरीङमिरीङलाई
सोचिरहेछु धर्सालाई
कहावाट कहा सम्म तानौ -
र सरल ढङ्गले विश्वास जोडौ
सोचिरहेछु थोप्लाहरुको अस्तित्वलाई
जीउनुको मान्यताले
कसरी व्युझाउ -
सोच्दासोच्दै
वदलिन्छु अमूर्त रेखाचित्रहरुमा
ओहो त्यहा पनि उस्तै संसार
जीवन
सपना
मैले भोगे र देखेका सवै सवै कुराहरु
सुनेको थिए
सपनाको देश हुन्छ भनेर
के यथार्थ हुन् -
आखा भरी छचल्किएका दृश्यहरु
रुमलिन्छु अन्योलमा
तर पनि वाच्नुसंग जीवनलाई
दौडाउछु नया भूगोलमा
यसरी नै
वेनाप समयको क्यान्भासमा
उद्घाटिक रङ्ग विरङ्गका आकृतिहरु
र त्यसका प्रकृतिहरु
केलाउदै थाकेको छु हरदिन
किनभने आजको दुनिया
औपचारीकतामा खुम्चिए पछि
आफन्तको परिधी
झन अमुर्त लाग्छ
क्यान्भासको रेखाचित्रहरु भन्दा पनि
तै पनि आयतनमा
कोर्न खोज्छु अमूर्त आफ्नै
जिवनचित्र