उ……त्यो पहाड
मेरा वा’ले देखाएका हुन् सानो छदा
अग्लो कहिल्यै नझुक्ने त्यो पहाड
सायद वा’लाई पनि हजुरवा’ले देखाएको हुनुपर्छ त्यसैगरी
आकास छामेर हाम्रै सामु ठिंग उभिए पनि
यदि हाम्रा वा’लाई दायित्व वोध नभए
पहाड हाम्रो लागि पहाड हुने थिएन
लाग्छ हरेक पूर्वजहरुवाट
पहाडको उचाई देखिनु
विर्ता वन्दै आएकोछ सन्ततीहरुमा
हो त्यसैले पहाड छाम्दै आएका छौ हामीले
र त्यसको अमरत्वलाई पनि
स्विकार्दै आएका छौ हामीले
हुन त पहाडलाई पहाडै नमाने पनि
आखीर त्यो पहाड नै हो
त्यसैले त पहाडलाई
हामीले प्रतिक वनाएकाछौ हाम्रो जीवनको
पहाड संग दाजीने अनवरत प्रयासमा
सफल भए या भइन त्यो त थाहा छैन मलाइ
तर हरेक दिन उक्लिरहेछु जीन्दगीको पहाड
समयको पीठ्युमा चढेर टाकुरीलाई टेक्दा
अग्लिए म पहाड भन्दा पनि माथी
तत्क्षण प्रफुल्लित भए अग्लिनुको गौरवले
तर आर्लिएर हेदा म भन्दा अग्लो थियो पहाड नै
लाग्यो क्षणिक मात्र रहेछ उचाइमा रहनु पनि
किनभने पहाड ओर्लदैन उचाइवाट
त्यसैले जोरी नखोजे हुन्छ पहाड संग
किनकी पहाडले आफ्नो उचाइको लागि
सहेको छ युगौदेखि सुखदुखहरु
व्यहोरेको छ युगौ देखि झरीवादलहरु
नाघ्दै आएको छ युगौ देखि वाढीपहिरोहरु
तर्सथ पलायन हुदैन उचाइवाट
त्यसैले इतिहास हो हाम्रा पूर्खाहरुको
समयले दायित्व वोध गराए पछि
पुन मेरो वा’ले जस्तै
फलाके छु मैले हातेमालोमा झुण्डिएको छोरालाइ
उ……..त्यो पहाड जस्तै वन्नु तिमीले भनेर
आदीम मन्त्र उसैगरी
हो मैले जस्तै उसले पनि देख्यो त्यो अग्लो पहाड
अत पहाडलाइ यसरी नै
हस्तान्तरण गरीदै आएको छ हरेक पुस्तामा
September 9, 2006
Advertisement